About

कम्पनीको बारेमा

वि. सं २०७१ सालमा स्थापित संस्कार प्रोडक्ट्स्  प्रा. लि. नेपालकै प्रतिष्ठित पुजा सामग्री उत्पादन गर्ने उत्पादक कम्पनी हो । पुजा सामग्रीका लागि भारतमा नै भर पर्नु पर्ने बाध्यतालाई घटाउँदै क्रमशः हटाउने उद्धेश्यले स्तरिय सामग्रीहरु उत्पादन गरी विक्री वितरण गरिरहेको छ । त्यस्तै गरी स्तरिय सामान उत्पादन गर्ने अन्य कम्पनीहरुसंग समेत सहकार्य गर्दै यस कम्पनीले आफ्नो सेवा क्षेत्रलाई बिस्तार गर्ने क्रममा रहेको छ ।

 यदि तपाईले पुजा सामग्री, किराना जस्ता पसल चलाउनु भएको छ भने तपाई हामीसंग जोडिएर पर्याप्त लाभ प्राप्त गर्न सक्नुहुनेछ । यो वेभसाइट खास गरी पसल संचालन गरीरहनु भएको व्यवसायीहरुका लागि अत्यन्तै लाभदायक छ । 

आफ्ना उत्पादनहरुलाई सकेसम्म कम मुल्यमा ग्राहककहाँ पुर्याउने लक्ष्य लिएर यो वेबसाइट तयार पारिएको छ । यस प्लेटफर्मलाई प्रयोग गरेर खुद्रा पसलहरुले समेत कम्पनिबाट सिधै सामान किन्न पाउनुहुनेछ ।यसरी सिधै सामान किन्दा तुलनात्मक रुपमा सस्तो मुल्यमा किन्न पाउने हुदा बिक्रेताले कम मुल्यमा ग्राहकलाई उपलब्ध गराउन सक्नुको साथै बढि नाफा आर्जन गर्न सक्नुहुनेछ । 

डिजीटल प्रविधी मैत्री नभएका ग्राहकहरुलाई हाम्रा व्यापार सहजकर्ताहरुले सहयोग गरि सामान माग गर्न सिकाउनु हुनेछ । 

लक्ष्य

सोच

Product added to cart